सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

Share:

सशस्त्र प्रहरी वल (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ।

एपीएको प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो।

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।

हेर्नुहोस् विज्ञापन :

कमेन्ट गर्नुहोस्
Share: