
पोखरा । गण्डकी प्रदेशको सामाजिक क्षेत्रमा कार्यरत अगुवा संस्था पोखरा वृद्धाश्रम एवम निवृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष स्व. बसन्तकेशव पराजुलीको छैंठौ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालिन केन्द्रीय सल्लाहकार एवम् पोखरा वृद्धाश्रममा दुई दशकसम्म अनवरत सेवा गरेका स्वर्गीय पराजुलीको स्मृति दिवस हरेक वर्र्ष विभिन्न रचानात्मक कार्यक्रमका साथ मनाउँदै आइएको प्रेस स्वतन्त्रता सेनानी तथा पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले बताए।
यसवर्ष स्व.बसन्तकेशवको छैटौं स्मृति दिवसको उपलक्षमा पोखरा र आसपासका जिल्लाका ज्येष्ठ नागरिकलाई लक्षित गरी डिमेन्सिया अर्थात अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ।
अल्जाईमर एवम डिमेन्सिया रोगबारे नेपाली जनमानसमा धेरै जानकारी नभएको र यो बिषयमा जनचेतना जगाउने कार्यक्रम अत्यन्त न्युन रहेको कारण यस्तो बिर्सने रोग वृद्धि भएको कुरा सचेतना कार्यक्रमका प्रस्तोता तथा मनोरोग बेत्ता डाक्टर राजन शर्माले बताए।
डिमेन्सिया अल्जाईमर रोग आफैमा “सुशुप्त मृत्युजय” अर्थात साईलेन्स किलर छ भन्दै डा.शर्माले संसारमा अहिले यस्तो नसर्ने रोगको प्रकोप बढ्दै गएकोबारे चिन्ता व्यक्त गरे।
डिमेन्सिया रेगबाट पीडित भएका बिरामी र उनिहरुको मृत्यको संख्या नेपालमा कति छन् भनेर आधिकारिक तथ्यांक नभए पनि करिब पाँच प्रतिशतको हाराहारीमा विश्वको जनसंख्या यो रोगबाट पीडित भएको कुरा बिश्व स्वास्थ्य संगठनको आँकडाले देखाएको छ।
साईलेन्स किलर यस्तो रोगबारे व्यापक जनचेतना जगाउन नसकेमा नेपालमा पनि १० प्रतिशत ज्येष्ठ नागरिकहरु धेरै थोरै यो रोगबाट ग्रसित हुँदै जाने अवस्था रहेको उनले जानकारी दिए।
कार्यक्रममा डिमेन्सिया रोग न्युनिकरणका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा.विजय बस्नेतले अपनाउनुपर्ने तरिकाबारे स्पष्ट पारे। गण्डकी प्रदेसभा सदस्य भीम बहादुर कार्कीले स्व.बसन्त केशव पराजुली जस्ता समाजिक अभियन्ताहरुले संचालन गर्दै आएका यस्ता कार्यक्रमहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताए।
निवृत्त शिक्षक समुदायका केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछानेले पुर्व शिक्षक एवम सामाजिक अभियन्ता बसन्त केशव पराजुलीको योगदानबारे चर्चा गरे।
निवृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष छबिलाल आचार्य, ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेशका सचिव ईच्छाबहादुर वाग्ले, स्याङ्गजा जिल्लाबाट आएकी नेपालका पहिलो महिला बिकास अधिकृत कल्पना बस्याल लगायतले आआफ्ना धारणा राखे।
कार्यक्रमा गण्डकी प्रदेशमा रहेका अधिकांस जिल्लाबाट आएका ज्येष्ठ नागरिक र कास्की जिल्लामा रहेका पुर्व शिक्षक, बौद्धिक क्तित्व र समाजिक क्षेत्रमा कार्यरत अभियान्ताहरुको उपस्थिति थियो।
पोखरा वृद्धाश्रमको हातामा सम्पन्न कार्यक्रममा हालै मात्र नेपाल सरकारले काठमाडौमा सम्पन्न चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्षमा पोखरा वृद्धाश्रमलाई सम्मान एवम पुरस्कृत गरेको वृद्धाश्रमका उपाध्यक्ष केशवराज लम्सालले जानकारी दिए।
पोखरा वृद्धाश्रमको कार्यको प्रशंसा गर्दै बिहीबार बुद्ध एयरका कार्यकारी अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले पोखरा वृद्धाश्रमलाई एक लाख नगद प्रदान गरेका थिए ।
