कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी, मादीमा अन्तरक्रिया

Share:

पोखरा। नेपाली काँग्रेस कास्कीले पार्टीको एक सय दिने विशेष अभियानलाई जारी राखेको छ। अभियान अन्तर्गत नेपाली काँग्रेस मादी गाउँपालिकाले मादी गाउँपालिका वडा नं १ सिक्लेसमा अन्तरक्रिया गरेको कास्की काँग्रेसका सहसचिव एवम् प्रवत्ता नवीन सिग्देलले जानकारी दिए।

उनका अनुसार, पुस १९ गते आज रुपा र पुस २६ गते पोखरामा अभियानका कार्यक्रमहरु सञ्चालन हुनेछ। सिक्लेसमा मादी गाउँपालिकाको आर्थिक विकासमा कृषि पर्यटनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा मादीका वडाका पार्टीका पदाधिकारीहरु, जनप्रतिनिधिहरु र अभियानका लागि मादीका वडामा खटिनुभएका संयोजकहरु सहभागि थिए।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसले देशको सबै क्षेत्रको नेतृत्व गरेको बताए।अभियानका लागि कास्की जिल्ला प्रतिनिधि समेत रहेका उनले देशमा भ्रमको राजनीति हावि हुन थालेको भन्दै भ्रमलाई चिर्दै काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जनताको आवश्यकता नै काँग्रेसको एजेण्डा हुनुपर्ने उल्लेख गरे।त्यस अवसरमा पर्यटन व्यवसायी पशुपति शर्माले मादीको कृषि पर्यटनको सम्भावना र चुनौतीका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कास्की काँग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, महासमिति सदस्य दिपक गुरुङ माइला, महाधिवेशन प्रतिनिधि गिमाया गुरुङ, नरेन थापा, कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, जिल्ला सदस्य विकास थापा, नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीका सचिव ओमप्रकास गुरुङ लगायतले बोलेका थिए।

नेपाली काँग्रेस मादी गाउँपालिकाका सभापति यम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का सभापति टंक प्रसाद गुरुङले स्वागत र वडा नं ४ सभापति यमनाथ सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: