
पोखरा। कास्की प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जनालाई छुट्टाछुट्टै पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले पोखरा २५ हेम्जाबाट एक जनालाई र पोखरा-१ सिद्धनाथ टोलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पोखरा- १ सिद्धनाथबाट बिहिबार करिब ६ बजेको समयमा हिरोइन कारोबार गरिरहेका ३७ वर्षिय निसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका-१० घर भई पोखरा- ८ नयाँबजार बस्दै आएका ३२ वर्षिय दीपक विकलाई ०.४९० ग्राम हिरोइनसहित पक्राउ गरेको हो।
उनीहरुको कोठामा खानतलासी गर्दा ब्राउनसुगरसहित डाइजापाम ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल दुई, डिजिटल तराजु एक र दुई थान मोबाइल बरामद गरिएको छ।
त्यसको तीन घण्टा पछि हेम्जाबाट २८ वर्षिय लगिन थापालाई ब्राउन सुगर ०.५०० ग्रामसहित पक्राउ गरेको हो। उनको कोठा खान तलासी गर्दा सो मात्रामा ब्राउनसुगरसहित ६ सय ग्राम गाँजा, निट्राभ्या १९९ चक्की र एक थान मोबाइल बरामद गरेको छ।

