सुनको मूल्य तोलामा १५ सयले रुपैयाँ घट्यो

Share:

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: