पर्वतमा आगलागी: एक महिलाको मृत्यु, गम्भीर घाइते रेग्मीको पोखरामा उपचार हुदैँ

Share:

पोखरा । पर्वतको कुश्मा नगरपालिका-१० पीपलटारीमा आज बिहान आगलागी हुँदा जलेर एक महिलाको ज्यान गएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही घटनामा घरधनी ५२ वर्षीय ध्रुव रेग्मी गम्भीर घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए ।

रेग्मीलाई तत्कालै जिल्ला अस्पतालमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा ल्याइएको हो । घटनास्थलमा प्रहरी पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

पौडेलको शव जिल्ला अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

कमेन्ट गर्नुहोस्
Share: