पोखरेली व्यवसायी देव क्षत्रीलाई मातृशोक

Share:

पोखरा । पोखरेली व्यवसायी देव क्षत्रीलाई मातृशोक परेको छ। उनकी आमा कमला क्षत्रीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो।

फोक्सोमा समस्या देखिएपछि केही समयदेखि काठमाडौंमा उनको उपचार गरिएको थियो। ३ दिनअघिमात्र आमा कमलालाई हेलिकोप्टरबाट पोखरा ल्याएर मनिपालमा राखिएको थियो । आइतबार दिउँसो निधन भएकामा साँझ नै हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ।

कमलाका पति भक्तबहादुर क्षत्रीको ७ वर्ष अघि निधन भइसकेको छ। उनका ३ भाइ छोरामध्ये देव जेठा हुन्। देव क्षेत्री लामो समय पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भए ।अहिले देवले आँगन मिठाइँ सञ्चालन गर्दै आएका छन्। शिशिर र बसन्त अरु २ छोरा हुन्।

देहरादुनमा जन्मेकी कमलाका पति भक्तबहादुर पोखरामा रेडियो टिभी मर्मतदेखि सञ्चालनमा अग्रणी हुन्। माछापुच्छ्रे एफएम र गोल्डेन आइ टिभी भक्तले नै खोलेका हुन् । त्यतिमात्र नभएर पोखरामा इन्टरनेट र केबल टेलिभिजन स्थापनामा पनि क्षत्री परिवारको योगदान छ।

कमेन्ट गर्नुहोस्
Share: