
काठमाडौँ । चीनको तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ। यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ।
बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन।
कमेन्ट गर्नुहोस्
