गायिका शान्तिश्री परियारले किनिन् काठमाडौँमा ४ करोडको घर

Share:

काठमाडौँ। चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौँमा ४ करोडको घर किनेकी छन्।

गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्।

शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्।

शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। यो जोडीको ४ वर्षकी एक छोरी छिन्।

कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौँ आएकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: