किनबेचको थलो बन्यो लेखनाथ महोत्सव, बिहीवार १५ हजारले गरे अवलोकन

Share:

पोखरा । कास्कीको लेखनाथमा यहीँ पुस १८ गतेदेखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ। महोत्सवमा आएर रमाईलो पनि हुने हेर्न पनि पाईने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मूल्यमा पाईने भएपछि महोत्सव स्थल व्यापारिक केन्द बिन्दु बनेको हो ।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने भएकाले अघिल्ला दिनको तुलनामा व्यापारको कारोबार बढेको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष धु्रव भटराईले बताए।

महोत्सवमा राखिएका करिब तीन सय ३६ फरक-फरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि दर्शकहरु खुसी हुदैँ घर फर्केको देखिन्छन्। यस्तै, व्यापारी व्यवसाय पनि अघिल्ला दिनको तुलनामा बढेका व्यापारीहरु बताउँछन्।

माघ १ गतेसम्म चल्ने महोत्सव आठौं दिनमा चलिरहँदा विहीवार मात्र ४० लाख बरावरको र्आिथक कारोबार भएको र अहिलेसम्म ३ करोडभन्दा बढीको कारोबार भएको स्टलमा गरिएको व्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिइन्।

वातावरणीय अनुकुलले साथ दिएपछि मध्यान्नतिर दर्शकको बाक्लो उपस्थिति रहेको थियो। दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको बताइएको छ।

यस्तै, विहीवार मात्रै १५ हजार दर्शकले मेलाको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जनाकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: