निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Share:

काठमाडौँ। आज पनि नेपाली बजारमा सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: