नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीको छैटौं वार्षिक साधारणसभा

Share:

पोखरा। नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको छैटौं वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको एक समारोहका बीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे।

कार्यक्रममा सचिव गुरुङले पर्यटनको विविधिकरण भएको बताउँदै उनले समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको बताउँदै उनले यो पहिचान कायम हुनुपर्ने आवश्यकता बताए।

एनटिभिए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालले इम्बोष्ट नम्बरका नाममा हरियो प्लेटको पहिचान गुम्न दिन नहुने बताए।एनटिभिए गण्डकीमा विभिन्न १२१ यातायात कम्पनीहरू आवद्ध रहेको र करिब ५५० सवारी साधनमा चार अर्ब बराबरको लगानी रहेको जानकारी गराए।

उनका अनुुसार पर्यटन यातायातका सवारी साधन सञ्चालन भैरहँदा दुई हजार पाँच सय जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताए। २० वर्षका सवारी साधनलाई विस्थापन गर्ने सरकारको निर्णय व्यवहारिक नभएको बताउँदै उनले यसले व्यवसायी मर्कामा परेको बताए।

एनटिभिए केन्द्रका अध्यक्ष बेदराज बास्तोलाले पर्यटन यातायात सेवा सञ्चालनमा सम्भावनासँगै चुनौतीहरू पनि रहेको बताउँदै राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरियो प्लेटका सवारीसाधनले समग्र पर्यटनको स्तर बढाएको उल्लेख गर्दै यसको साख जोगाउनुपर्ने आवश्यकता औंल्याए।

एनटिभिए गण्डकीका निवर्तमान अध्यक्ष वावुराम पाण्डेले पर्यटनमा दोस्रो ठूलो लगानी पर्यटन यातायातका क्षेत्रमा रहेको बताउँदै सरकारले सवारीसाधन खरिदमा २४० प्रतिशत भन्सार शुल्कले व्यवसायीलाई मर्का परेको जानकारी दिए।

एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहालको सभापतित्व एवम् महासचिव विकास कंडेलले सञ्चालन गरेका थिए।

कार्यक्रममा प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए, भने भने पोखरा
महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष रामकाजी गुरुङलगायतले बोलेका थिए।

पारिवारिक बनभोज समेत रहेको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: