प्याब्सन कास्कीको नेतृत्व षडानन्द गौतमलाई

Share:

पोखरा। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कास्कीको १९ औं जिल्ला अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ।

अधिवेशनबाट षडानन्द गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो। गौतम अध्यक्ष निर्वाचित भएको नयाँ कार्यसमितिमा विष्णुप्रसाद तिमिल्सिना वरिष्ठ उपाध्यक्ष र श्रीकृष्ण अधिकारी उपाध्यक्ष चयन भएका छन्।

यसैगरी, सचिव सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्ष विधान गौतम, सह-सचिव डिल्लीराम अर्याल र सह-कोषाध्यक्ष नरेशप्रसाद बराल चयन भएका छन्।

नयाँ कार्यसमितिका सदस्यहरूमा कौशल्या गुरुङ, खिमबहादुर गुरुङ, महेश्वर पराजुली, र रेखा थापा कार्की चयन भएका छन्।

अधिवेशनमा कास्की जिल्लाका विभिन्न विद्यालयका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता थियो।

नवनिर्वाचित कार्यसमितिले संगठनलाई अझ सशक्त र क्रियाशील बनाउँदै जिल्लाका निजी विद्यालयहरूको हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: