
काठमाडौँ। गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन्।
गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोशन बालुवाले एरेन्ज गरेका हुन्। गीत गायनमा गोविन्दलाइ चर्चित गायिका समीक्षा अधिकारीले साथ् दिएकी छिन्।
देशमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको दर्दनाक कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई ,नविन गौतमको मुख्य भूमिकामा छन्, भने गुणराज श्रेष्ठ ,अन्जु चौलागाई , दीपक गौतम र करिना खड्काको समेत अभिनय रहेको छ।
प्रमोद के भण्डारीको निर्देशनमा बनेको भिडियोलाइ करण चैसिरले छायांकन र टेकेन्द्र शाहको सम्पादन गरेका हुन्। भिडियोलाई ‘मौलिक रोधीघर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् : (भिडियो)
कमेन्ट गर्नुहोस्
