
अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ। गत मंगलबारदेखि सुरु भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यालिफोर्नियामा २४ को मृत्यु भएको हो।
क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कुल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ।
हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप आठजनाको मृत्यु भएको अद्यावधिक गरेको हो।
पालिसेड्समा लागेको आगलागीले लगभग २१ हजार एकड क्षेत्रफललाई असर गरेको छ। अहिलेसम्म अग्निनियन्त्रकहरूले त्यहाँ लगभग ८ प्रतिशत आगो नियन्त्रणमा लिएका छन्।
आगलागीबाट इटन दोस्रो सबैभन्दा बढी प्रभावित क्षेत्र हो। जहाँ आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल नष्ट भएको छ। लस एन्जलसका आगलागी भएका क्षेत्रमा पालिसेड्स, इटन, हर्स्ट, लिडिया, आर्चर र केनेथ पर्छन्।
अग्निनियन्त्रकहरूले आगो नियन्त्रण तथा थप शव भेटिन सक्ने भन्दै खोजीकार्य जारी राखिएको छ।
