
पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा सञ्चालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम बार्षिकत्सव आज मनाएको छ।
विविध कार्यक्रमहरु गरेर मनाइएको उक्त बार्षिकत्सव समारोहमा प्रालिका प्रबन्ध निर्देशक गणेश बहादुर बस्नेतले कम्पनी सञ्चालनमा स्थापानाकालदेखि हालसम्म महत्वपूर्ण भूमिका खेल्ने सञ्चालक एवम् कर्मचारीहरुलाई सम्मान गरेका थिए।
सम्मानित हुनेहरुमा संस्थाका संरक्षक उदय बहादुर खत्री, हाल बेलायतमा रहेका भएकी अभिभावक शिक्षा श्रेष्ठ रहेका छन्।
त्यस्तै कर्मचारीहरुमा उत्कृष्ट इन्चार्ज ममता विक, उत्कृष्ट सुपरभाइजर हेमबहादुर बस्नेत, अनुशासनमा मायाकुमारी सुनार तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुमा तुलबहादुर गुरुङ, शान्ति विक, धनाकुमारी गौचन, कमल नेपाली र नबिन भुजेल पनि आज सम्मानित भएका छन्।
संस्थाका संरक्षक उदय खत्रीको अध्यक्षतामा भएको उक्त समारोहमा प्रबन्ध निर्देशक बस्नेतले सम्मान-पत्र प्रदान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेका थिए।
