पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेसको छलफल

Share:

पोखरा। नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भञ्ज्याङमा एक सय दिने विशेष अभियान सञ्चालन गरेको छ। भञ्ज्याङमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर शुक्रबार काँग्रेसले छलफल गरेको हो।

नागरिकका समस्या बुझ्ने, पार्टीबाट गरिएको अपेक्षा बारे जानकारी लिने र सार्वजनिक चासोका विषयमा विशेष प्राथमिकता दिएर अभियान सञ्चालन भैरहेको नेपाली काँग्रेस कास्कीका सह-सचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए।

अभियानका लागि पोखरा- ३३ को प्रतिनिधि समेत रहेका सह-सचिव सिग्देलले जनताको आशा, विश्वास, भरोसा र आवश्यकतालाई शिरमा राखेर अघि बढ्ने उल्लेख गरे।

अभियानका क्रममा प्रतिनिधि नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ (क) का सचिव प्रकाशचन्द्र सापकोटा र पोखरा महानगरपालिका वडा नं ३३ का सभापति तिलक अधिकारीले अभियानबारे जानकारी दिए।

कार्यक्रममा आमा समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक रुपेन्द्र प्रभावीले विविध विषयबारे पार्टीको ध्यानाकर्षण गराए।

अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: