
एजेन्सी । टर्कीको प्रसिद्ध एक रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ। स्थानीय समय अनुसार मङ्गलबार बिहान ३:२७ बजे स्की नामक रिसोर्टमा भएको आगलागीमा परी ७६ जनाको मृत्यु भएको हो।
टर्कीको स्वास्थ्य मन्त्रालयले आगलागीमा परी ५१ जना घाइते भएको जानकारी दिएको छ। घाइतेमध्ये एकजना आईसीयूमा छन्। १७ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
मृत्यु भएकाहरूको सनाखत हुन नसकेको टर्कीको गृह मन्त्रालयले जनाएको छ। बुधबारबार बिहानसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ। मङ्गलबार नै लागेका आगो नियन्त्रण गर्न १२ घण्टा लागेको थियो।
टर्कीका कानुनमन्त्रीले यस मामिलामा ९ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन्।
कमेन्ट गर्नुहोस्
