लस एन्जलसमा फेरि फैलियो आगो, १९ हजार मानिसलाई अन्यत्र सारियो

Share:

काठमाडौँ। अमेरिकाको लस एन्जलसमा जंगलको आगोले फेरि भीषण रुप लिएको छ । आगो फेरि फैलिएपछि क्यालिफोर्नियाको सरकारले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेको छ। अहिले आगो लागिरहेको जंगलबाट बस्ती ४५ माइल दूरीमा छ।

यो आगो कास्टिक तालनजिकै पहाडी इलाकामा सल्किएको हो। यस क्षेत्रमा कयौँ बाक्लो बस्ती र स्कुलहरू रहेका छन्। आगोको चपेटामा ८ हजार एकभन्दा धेरै इलाका परेर जलिसकेको छ। तीव्र हावा र सुकेको जंगली झाडीले आगोलाई इन्धनको काम गरिरहेको छ।

तर अहिलेसम्म यस क्षेत्रमा लागेको आगोले कसैको घरमा क्षति पुगेको छैन। तर आगोका कारण १९ हजार स्थानीयबासिन्दा घर छाडेर भाग्न बाध्य भएका छन्।

कैलिफोर्नियामा अग्निनियन्त्रक दल अहिले पनि आगो नियन्त्रणका लागि खटिरहेको छ। लस एन्जलसक्षेत्रमा आगो फैलिएको दुई साता हुन लागिसकेको छ। अहिले त्यसक्षेत्रमा लागेको आगोका कारण कयौँ आलीशान घरहरू ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: