दार्चुलामा पहिरो खस्दा स्कइभेटर पहिरोमा पुरियो, चालक घाइते

Share:

काठमाडौँ। खंलगा गोकुलेश्वर सडक खण्डको किम्तडी ठण्याकाठामा सकड निर्माणको क्रममा पहिरो खस्दा स्काइभेटर पहिरोमा पुरिएको छ।

शुक्रबार बिहान सवा ६ बजेको समयमा निर्माण कार्यमा रहेको स्काइभेटर चालक सहित पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिए ।

सडक निर्माणको क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर सडकबाट २०/२५ मिटर तल महाकाली किनारमा खसेको उनले बताए।

पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादी गाउँपालिका वडा नम्बर ११ घर भएका रेशम बुढा घाइते भएको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: