सुनको मूल्य आज १ हजारले बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Share:

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्य सँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ ।

यससँगै आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: