पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय

Share:

पोखरा। पोखराको अमरसिंह चोकमा पृथ्वी राजमार्ग छेउमा सञ्चालित व्यापारिक सटर हटाइने भएको छ।

उक्त सटर भएको जग्गाको स्वामित्व रहेको अमरसिंह माध्यमिक विद्यालयको व्यवस्थापन समितिले गरेको निर्णयअनुसार ती सटर हटाउन शुक्रबार ३५ दिने सूचना जारी गरिएको छ।

समितिको गत ३ माघमा बसेको बैठकले राजमार्ग छेउ अमरसिंह खेल मैदानको दक्षिणतिर रहेका सटर हटाउने निर्णय गरेको थियो। ती सटर हटाएर त्यहाँ नयाँ व्यापारिक संरचना बनाउने योजनामा विद्यालय छ।

अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन्।

हाल पृथ्वी राजमार्ग स्तरोन्नतिको काम जारी छ। निकै कम भाडा उठ्ने गरेकाले यही मेसोमा अमरसिंह चोकमा रहेका ती सटर हटाउने योजना विद्यालयले बनाएको हो।

कमेन्ट गर्नुहोस्
Share: