पोखरा कलेज अफ म्यानेजमेन्टमा आइडिया प्रतियोगिता

Share:

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा शुक्रबार आइडिया कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न प्रतियोगितामा १२ वटा समूहले आफ्नो व्यवसायिक योजना प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने रिजेन फ्युल्स एण्ड इनर्जी समूहलाई नगद रु. १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी डेली बास्केट समूहले दोस्रो स्थान प्राप्त गरी ६ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको कलेजको प्राचार्य लिना नेगी श्रेष्ठले बताए ।

प्रतियोगीहरुको योजनाको मूल्यांकन व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारी, मुक्ती इनर्जी तथा हरिलोका संस्थापक प्रकाश आचार्य र पहिरन टे«डिङ्गको कार्यकारी निर्देशक लक्ष्मी थापा गिरीले गरेका थिए ।

कलेजको वार्षिक क्यालेन्डर अनुसार नै यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम संयोजक हरि अधिकारीले जानकारी दिए ।

प्रतियोगिताले उद्यमशिलता विषय अध्ययन गरिसकेका विद्यार्थीहरुमाझ उद्यमी सोच निर्माण गर्न सघाएको उप प्राध्यापक निकेश कर्मचार्यले बताए ।

कार्यक्रम कलेजको प्राचार्य श्रेष्ठको अध्यक्षता तथा उप प्राध्यापक सुवास मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए, बिबिए फाइनान्स र बिसिएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: