
काठमाडौं, श्रावण ९ । स्कटल्यान्ड विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार डब्लिनमा भएको सेमिफाइनलमा स्कटल्यान्डले हङकङलाई ५ विकेटले हरायो । पहिले ब्याटिङ गरेको हङकङले दुई बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १ सय १६ रन बनायो । जवाफमा स्कटल्यान्डले १२ ओभर २ बलमै ५ विकेट गुमाएर जित हासिल गर्यो ।
अब उपाधिका लागि स्कटल्यान्डले अर्को आयोजक टिम आयरल्यान्ड र नेदरल्यान्डस्बीचको सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
आयोजकद्धय समूहका विजेता बन्दै तथा हङकङ, नेदरल्यान्डस्, अफगानिस्तान र ओमान ‘प्ले अफ’मा विजयी बन्दै अर्को वर्ष भारतमा हुने विश्वकपका लागि छनोट भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्
