
काठमाडौँ । प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्।
नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जीवित रहेको सूचना पाएको बताए।
वासका अनुसार, हमासले बन्धक बनाएका २५१ जनामध्ये १०५ जनालाई रिहा गरिएको छ भने ८ जनालाई इजरायली सेनाले उद्धार गरेको छ।
हाल ९६ जना अझै हमासको नियन्त्रणमा छन्, जसमा विपिन जोशी पनि समावेश छन् ।
कमेन्ट गर्नुहोस्
