पोखरामा गोरेटोको शाखा विस्तार, महानायक राजेश हमाल गरे उद्घाटन

Share:

पोखरा । फिल्मी जगतका महानायक राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएको छ।

गोरेटो कन्सल्टेन्सि पोखरा शाखाको बुधबार उद्घाटन गर्दै महानायक हमालले उमेर छँदै व्यक्तिले आफ्नो सिप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले समय परिवर्तनशिल भएकोले समयमै हरेक व्यक्तिले आफु भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए।

परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै महानयक हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी गरे।

उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सिपलाई भविश्यमा सामाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्वल भविश्यको लागि लाग्नु पर्ने उनको भनाई थियो।

परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसँग बुझेर आधिकारीक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो।

उक्त कन्सल्टेन्सिका ब्राण्डएम्बासडर समेत रहेको उनले कस्तो सिप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेक अनुसार आफैले समयमै निर्णय लिनुपर्ने उल्लेख गरे।

काठमाण्डौँको उक्त गोरेटोको शाखा पोखरामा ल्याईएको सञ्चालक राजेन्द्र शर्माले जानकारी दिए।

पोखराको चिप्लेढुंगा (महेन्द्रपुल) मा रहेको उक्त शाखाबाट क्यानडा, अमेरिका, वेलायत सहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने भएको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: