अमेरिकाको विमान दुर्घटनामा ६५ भन्दा धेरैको मृत्यु भएको अनुमान !

Share:

एजेन्सी।  अमेरिकाको वासिङ्टनको आकाशमा प्लेन र हेलिकप्टर ठोक्किँदा ६५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

स्थानीय समयअनुसार बुधबार राति ९ बजे ६४ यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज र तीन जना अमेरिकी सेना सवार हेलिकप्टर आपसमा ठोक्किएको यू योर्क टाइम्सले जनाएको छ।

जहाज वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङटन नेशनल एयरपोर्टनजिक दुर्घटना भएको हो।

समाचारका अनुसार जहाज पोटोम्याक नदीनजिक दुर्घटना भएको र धेरै मानिसहरूलाई नदीबाट बाहिर निकालिएको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी, उद्धारकर्ता र एम्बुलेन्स परिचालन गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: