नेपाली बजारमा सुनको मूल्य उकालो: तोलामा २२ सय रुपैयाँ वृद्धि

Share:
gold

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको छ।

मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार थप २२ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १,६६,९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको १,६४,७०० रुपैयाँको मूल्यभन्दा उच्च हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ९७५ रुपैयाँमा पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: