कास्कीमा क्यान्सर दिवसका अवसरमा स्वास्थ्य शिविर

Share:

पोखरा । विश्व क्यान्सर दिवसका अवसरमा अर्वुदा रोग निवारण संस्था कास्की र आँगन वहुउदेश्यीय सहकारी संस्थाले संयुक्त रुपमा महिलाहरुमा देखिने पाठेघरको मुखमा हुने क्यान्सर रोगको नि:शुल्क परिक्षण शिविर सम्पन्न गरेको छ।

वरिष्ठ स्त्रीरोग विषेशज्ञ छममाया पुन नेत्रित्वको टोलीबाट १०० जना महिलाहरुको स्वास्थ्य परिक्षाण गरिएको शिविरमा सहभागीहरुको समस्या पहि चान गरि आवश्यकता अनुसार नि:शुल्क औषधि वितरण तथा थप उपचारका लागि रिफर गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान्सर जस्तो प्राणघातक रोग नियन्त्रण गर्न नियमित स्वास्थ्य जाँच आवश्यक रहेको बताए।

पाटेघरको मुखमाहुने क्यान्सरका बारेमा पर्याप्त जानकारी नहुदा लाखौ महिला दिदिवहिनिहरु पिडित हुनु परेको जनाउदै अध्यक्ष कार्कीले स्वास्थ्य शिविरको आयोजना गरेर आयोजकले प्रशंसनिय कार्य गरेको बताए।

आयोजक संस्था आँगन वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण लामाले सहकारी संस्थाहरुले नियमित कामका अलवा सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने औँल्याउदै सहकारीले भविष्य स्वास्थ्यका साथै शिक्षा, सिपमुलक तालिम तथा लोक कल्याणकारी क्षेत्रमा गर्ने जानकारी दिए।

नेपाल अर्वुदा रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर निवारणका क्षेत्रमा सक्रीय रबि बराल, आँगन वहुउदेश्यीय सहकारी संस्थाका कोषाध्क्ष मधुसुदन देवकोटा, रामप्रसाद वास्ताकोटी, झलक पोखरेल लगायतले क्यान्सर लगायत कयौँ रोगहरुको नियन्त्रणका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
Share: