सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर

Share:

पोखरा । सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गरे।

शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र पत्रकारको परिचय नवीकरण गर्न सकिने परियारले बताए।

सङ्घियताको मर्म अनुसार कास्की र आपसपासका जिल्लाका सञ्चारकर्मीलाई सेवा लिन सहज होस् भनेर शिविर सञ्चालन गरिएको उनको भनाइ छ।

वार्षिक कार्ययोजना अनुसार तालिका बनाएर देशभर नै घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले जानकारी दिए।

शिविरमा ६ जना कर्मचारीले सेवा दिएका छन्। कास्कीसहित स्याङ्जा,  मुस्ताङका सञ्चारकर्मीले पनि शिविरबाट सेवा लिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले बताए।

कमेन्ट गर्नुहोस्
Share: