बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरामा

Share:

पोखरा । बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा आएका छन्। उनीहरुलाई पोखराका मेयर धनराज आचार्य र कास्की प्रजिअ भरतमणि पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरे।

स्वागतपछि मेयरले भने, ‘पर्यटन राजधानी पोखरामा तपाईंहरूको आगमनलाई पोखरावासीहरू हर्ष र सम्मानका साथ स्वागत गर्दछौं। तपाईंहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिएको छु।’

कमेन्ट गर्नुहोस्
Share: