
पोखरा। पोखरा महानगरपालिका- १ पुरानो टुंडिखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आजदेखि दोस्रो चरणका खेल सुरु भएका छन्।
‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दोस्रो चरण अन्तर्गतको ८ खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए।
उनका अनुुसार शुक्रबार भएको खेलमा आकुरा एफसीले एन टु क्याफेलाई १-० गोल अन्तरले पराजित गर्यो। आकुराको जीतमा सौरभ पुनले निर्णायक गोल गरे।
यस्तै अर्को खेलमा बिग सिटीले ठमेल एकता समुहलाई ३-० गोल अन्तरले हरायो। बिग सिटीको जीतमा आयुष थापाले ह्याट्रिक गरे।
यस्तै तेस्रो खेलमा बिटी एलाई स्याङ्जा एफसीले पेनाल्टी सुट आउटमा २-१ गोल अन्तरले पराजित गर्यो ।
अर्को खेलमा ए सेभेन ब्रदर्शलार्ई क्य्रास एफसीले ३-१ गोलले पराजित गर्यो। यस्तै पाँचौ खेलमा एलसी ब्रदर्शलाई लिभिक कन्स्ट्रक्सनले २-० गोल अन्तरले हरायो। लिभिकको जीतमा आश्मान थापा र अंकित थापाले समान १/१ गोल गरे।
छैटौं खेलमा रामघाटले सम्पदा अंकित स्पोर्टस््लाई ३-० गोलले पराजित गर्यो। रामघाटको जीतमा आशिष गुरुङले २ र शिव सुवेदीले १ गोल गरे। क्य्र्रास एफसीको जीतमा सुरज गुरुङले २ गोल र सञ्जय लामाले १ गोल गरे, भने ए सेभेनका लागि प्रशान्त सुनारले १ गोल फर्काए।
सातौ खेलमा गोल्डेन नाइटलाई कमल पोखरीले १-० गोले हरायो। कमलपोखरीको जीतमा मन्दिप गुरुङले निर्णायक गोल गरे। आज भएको अन्तिम खेलमा स्मृति क्लबलाई लामा गाउँले ४-० गोल अन्तरले हयायो।
लामागाउँको जीतमा लिलजंग गुरुङले २ गोल र विश्व थापा र अनुज भण्डारीले समान १/१ गोल गरे। शनिबार पनि दोस्रो चरणकै खेल हुने क्लबका सचिव रेशम सापकोटाले बताए।
उनका अनुसार कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
