
काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १,९८५ रुपैयाँ रहेको चाँदी आज १,९६० रुपैयाँमा झरेको छ।
कमेन्ट गर्नुहोस्
