
पोखरा। कास्की माछापुच्छ्रे गाउँपालिका-९, सिधिङमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भोलीदेखि सञ्चालन हुने जनाइएको छ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुक तामाङले बताए। उनका अनुसार सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो।
माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न ९, का अध्यक्ष हरि क्षेत्रीले स्थानीयमा उत्साह उमंग देखिएको बताए।
त्यसैले प्रतियोगिताले समग्र माछापुच्छ्रेको खेलकुद क्षेत्रको विकाससँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे।
भोलीदेखि फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितीयले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफी,मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन्।
उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए। पुरुष भलिबलतर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ।
भेट्रान्स भलिबल प्रतियोगितातर्फको विजेताले नगद रु ३० हजार र उप-विजेताले नगद रु २० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भेट्रान्सतर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ।
कार्यक्रमको अन्य आकर्षणको रुपमा हरेक दिन राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुद्धारा नृत्य, गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहनेछन्। साथै आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,रस्साकस्सी, घोडा दौड लगायतका विभिन्न प्रतियोगिता पनि रहने कार्यक्रम संयोजक मोहन तामाङले बताए।
भोली विहान ठिक ११ः३० बजे पहिलो उद्धघाटन खेल हुने क्लवका सचिव प्रज्वल क्षेत्रीले जानकारी दिए। खेल सिधिङ खेलकुद मेदानमा हुनेछ्।
