
पोखरा। गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ। माघ २१ गते बसेर स्थगित भएको बैठक ३० गतेका लागि डाकिएको थियो। प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक फागुन २ गतेका लागि सारेको थियो।
शुक्रबारको बैठकमा सबै दलका नेताहरूले सम्बाेधन गर्ने भएका छन्। बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ।
यसैगरी औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल हुने छ।
लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबल गरिने सचिवालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
