खोटाङको हलेसी बजारमा आगलागी

307
0
Share:

काठमाडौँ । खोटाङको हलेसी बजारमा आगलागी भएको छ। स्थानीय पदम राईको ग्याँस पसलबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको छ।

हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगो निभाउन स्थानीयले प्रयास गरिरहेको भए पनि थप दुई घरमा फैलिएको स्थानीयले बताएका छन्।

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले बताए। पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन्।

आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: