तनहुँको बन्दीपुरमा वडाध्यक्षले कुटे वडा सचिवलाई

Share:

पोखरा। तनहुँको बन्दीपुर गाउँपालिका- ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुषालमाथि कुटपिट गरेका छन्।

बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार भलिबल प्रतियोगिताको भुक्तानीको विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले वडा सचिवलाई कुटपिट गरेका हुन्।

वडाध्यक्षले कार्यालय समयमा वडा सचिवलाई कुटपिट गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए।

घाटी अठ्याएको र मुक्का प्रहार गरेको वडा सचिवलाई उद्धृत गर्दै प्रशासकीय अधिकृत आचार्यले बताए।

कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि भरतपुर लगिएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा वडाध्यक्ष र सचिवबीच विवाद भएको बुझिएको छ।

कमेन्ट गर्नुहोस्
Share: