हिसान फुटसलमा गुरुकुल र कास्की मोडनाइज फाइनलमा

Share:

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ।

मंगलबार भएको विद्यालयतर्फको खेलमा विजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रवेश गरेका छन्। त्यसैगरी कलेजतर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रवेश गरेका छन्।

स्कुलतर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउँदै फाइन प्रवेश गरेको छ। अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ स्कुल तनहुँलाई ८-४ गोलको फराकीलो अन्तरले हरायो ।

कलेजतर्फको फुटसलमा इन्फोम्टिक्स कलेजले इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टलाई ९-२ गोलको फराकीलो अन्तरले हराउदै फाइनलको यात्रा तय गरेको छ।

अर्को खेलमा पोखरा कलेज अफ म्यानेजम्यान्टले ला ग्याण्डी इन्टरनेस्नल कलेजलाई ६–२ गोल अन्तरले हराउँदै फाइनको यात्रा तय गरेको छ।

फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यसैगरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए।

कलेजतर्फको विजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ। प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: