सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो

Share:

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य ११०० रुपैयाँ बढेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: