सुमना श्रेष्ठको प्रश्न ‘कतिजना मरेपछि सत्बुद्धि आउने हो ?’

267
0
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्री सुमना श्रेष्ठले ‘कतिजना मरेपछि सत्बुद्धि आउने हो ?’ भनेर प्रश्न गरेकी छन्। ‘कस्तो नेतृत्व हो ? नेपाली-नेपाली भिडाउन खप्पिस रानाजीतिकर्मीहरू, कति जना मरेपछि मात्र सत्बुद्धि आउने हो ? कति रगतको प्यासा हो तपाईं ? मृदुभाषी तपाईंहरू अझ थप कति नेपाली घाइते हुनुपर्‍यो?,’ बिहीबार सामाजिक सञ्जाल फेसबूकमा श्रेष्ठले लेखेकी छन्।

सबैको स्वाभिमान बिक्रीमा नरहेको उनले बताएकी छन्। ‘प्रहरीको बर्दीमा २२ हजार तलब खाएर १२/१५ घण्टा खटिने पनि नेपाली हो। आफ्नो क्षेत्रमा आवश्यक विकासको परिभाषा निर्धारण गर्ने पनि नेपाली हो। नेपालीलाई नेपालीमाथि जाइलाग्न बाध्य बनाउनेहरू, सक्नुहुन्छ भने कीटका विद्यार्थीलाई न्याय दिलाएर देखाउनुस्,’ उनले भनेकी छन्।

कमेन्ट गर्नुहोस्
Share: