
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरु हुँदैछ। पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत् भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो।
राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार आज पहिलो दिन बृहत् भण्डाफोर कार्यक्रम पोखराबाट सुरु हुँदैछ।
उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ।
कमेन्ट गर्नुहोस्
