पोखरा १७ मा पाठेघर मुखको भीआईपी परिक्षण, १० जनामा देखियो समस्या

Share:

पोखरा । महिलाको अनुहारसँगै भित्री शरिर पनि स्वस्थ हुनुपर्छ भन्ने लक्ष्यका साथ यहाँको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सर (भीआईपी) को नि:शुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पोखरा महानगरपालिका वडा नं. १७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण गरिएको थियो।

शिविरमा परिक्षण गरिएका मध्ये १० जनामा उक्त समस्या देखिएको र एक जनाको रिपोर्टमा पोजेटिभ देखिएपछि थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षक पुष्पलक्ष्मी महर्जनले जानकारी दिइन्।

उनका अनुसार भीआइए टेष्ट गर्दा पाठेघरको मुखमा करिव पाँच प्रतिशत एसिटिक एसिड लगाई पाठेघरको मुखमा रंग परिवर्तन भएको हेरिन्छ। यसको नतिजा तुरुन्तै पत्ता लाग्दछ र परिक्षण गर्दा दुख्दैन र शरीरमा समेत कुनै नराम्रो असर पर्दैन।

‘भिआइए टेस्ट पोजेटिभ आउनु भनेको क्यान्सर हुनु हैन एचपिभिको संक्रमण हुनु हो जुन समयमा उपचार गरेमा निको हुन्छ,’ उनले भने, ‘समयमा उपचार नगर्ने हो भने क्यान्सर हुन्छ।’

शिविरमा अस्पतालका नर्सिङ निरीक्षक जसमाया रिजेलले प्राविधिक सेवा पुर्‍याएका थिए। पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य तारा सेवाले शिविरको उद्घाटन गर्दै पार्लरले व्यवसायसँगै महिलाको स्वास्थ्यमा समेत चासो देखाएर समाजप्रति महत्वपूर्ण योगदान गरेको बताए।

सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले पाठेघरको मुखको क्यान्सरको समस्या नेपाली महिलाहरु ठूलो संख्यामा पिडीत रहेको बताउँदै आफ्नो शरीरमा देखिएको समस्या चिकित्सकसँग खुलेर राख्नु पर्नेमा जोड दिए।

अनुहारमा मात्र होईन भित्री शरीर सफा र निरोगी हुनु पर्नेमा जोड दिँदै उनले यस्ता शिविर सरकारीस्तरसँगै विभिन्न संघसंस्थाले पनि आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए।

संस्थाका प्रोपाईटर एवम् राष्ट्रिय प्रशिक्षक दिपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पार्लर सञ्चालक शिशिर गोदारले व्यवसायसँगै सात जनालाई रोजगार दिंदै आएको जानकारी दिए।

२० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको एक दिने शिविर सञ्चालन गर्न वइल टेन प्रोफेसनल कस्मेटिक कम्पनीले आर्थिक सहयोग रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: