
कास्की । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सरकारले छुट्याएको विकास बजेट समयमा खर्च नहुनुको कारण माग गरेका छन्। प्रमुख पौडेलले सघ तथा प्रदेश का बिषयगत सेवा प्रवाहका कार्यलयहरुको अर्ध वार्षिक समिक्षा तथा नागरिकका जनसरोकारका विषयहरुका सन्दर्भमा आइतबार जिसस कास्कीले आयोजना गरेको अर्धवार्षिक समिक्षा एवम् छलफल कार्यक्रममा सो प्रश्न गरेका हुन्।
उनले सरकारी कार्यालयहरूको पुँजीगत खर्चको अवस्था ज्यादै चिन्ताजनक देखिएको भन्दै तत्काल कमीकमजोरी सच्याउन आग्रह गरे। प्रमुख पौडेलले आर्थिक वर्षको बाँकी अवधि उल्लेखनीय बनाउन आग्रह गर्दै योजना अनुसारको खर्च नहुदा विकास निर्माण र सेवा प्रवाहको अवस्था प्रभावित हुने उल्लेख गरे।
उनले सम्पूर्ण कार्यालयहरूले पुजिगत खर्च बढाउने आवश्यक सम्पूर्ण काम पूरा गर्न कास्कीका कार्यालयहरूलाइ निर्देशन दिए। कार्यक्रमका सहभागिहरुलेअनौपचारिक क्षेत्रका श्रमिक हरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन, डेङुको रोक्थामको अभियान समयमै चलाउनुपर्ने, सिंचाइमा बढी जोड दिनुपर्ने र बाझो जग्गालाई सदुपयोग गर्नुपर्ने, किसानहरुले पोटास मलको प्रयोग बढाउने, रैथाने बाली संरक्षण र प्रोत्साहन गर्ने, महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने, एउटा व्यक्ति लाई दोहोरो अनुदान दिन रोक्नुपर्ने,कृषि तथा पशु विज्ञ केन्द्रबाट दिइने सुचना तल्लो तह वडासम्म पुग्नुपर्ने, डिभिजन वनकार्यलयसँग समन्वय गरि वनजङ्गलका पात पतिङरलाई जैविक मल बनाउने जस्ता कार्यमा अनुदान दिनुपर्ने, बिषादीको लाइसेन्सको लागि प्रदेशले कानुन बनाउनुपर्ने विषयमा जोड दिएका थिए।
माटो परिक्षणको लागि तालिका बनाई स्थानीय तहमा नै पुगी परिक्षण गर्नुपर्ने, नागरिक का घर घरमा खानेपानी आपूर्ति नियमित हुनुपर्ने, सामुदायिक वनको जग्गा समुदायको हितमा प्रयोग गर्नुपर्ने जस्ता विषयहरु उठाएका थिए।
कार्यक्रममा सामाजिक सुरक्षा कोष , प्रदेश जनस्वास्थ्य कार्यलय, कृषि ज्ञान केन्द्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वय ईकाई, शिक्षा विकास तथा समन्वय ईकाई, पर्यटन तथा उद्योग कार्यालय, भेटनरी अस्पताल, तथा पशु बिज्ञ केन्द्र, गण्डकी आयुर्वेद अस्पताल, श्रम तथा रोजगार कार्यलय, डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप-प्रमुख सरिता माल र सहजीकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।
