सेनानी संघ कास्कीका निर्वतमान सभापति आचार्यको निधनमा कांग्रेस कास्कीले एक दिन कार्यालय बन्द गर्ने

Share:

पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्ला कार्यसमितिका पूर्वसभापति एवं नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निर्वतमान सभापति लीलाभक्त आचार्यको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा फागुन १२ गते सोमबार एकदिन जिल्ला पार्टी कार्यालय बन्द गर्ने जनाएको छ।

जिल्ला सभापति किशोरदत्त बरालले आइतबार शोक विज्ञप्ति जारी गर्दै आचार्यको निधनबाट नेपाली कांग्रेस कास्कीमा ठूलो क्षति पुगेको भन्दै दु:ख व्यक्त गरेका हुन्।

कांग्रेसले ३ दिन पार्टीको झन्डा आधा झुकाइने बताइएको छ। पोखरा-१७ बिरौटा निबासी आचार्यको ९५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो।

आचार्यले समाजसेवा र राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: