प्रधानमन्त्री ओली साँझ पशुपतिनाथको आरतीमा सहभागी हुने

384
0
Share:

काठमाडौँ। महाशिवरात्रिको पूर्वसन्ध्यामा अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जाने भएका छन्।

महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षणका लागि साँझ साढे ५ बजे पशुपति आउन लागेको प्रचार/प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले बताए।

उनले  भने, ‘ शिवरात्रिको पूर्व सन्ध्यामा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली साँझ साढे ५ बजे पशुपतिनाथ आउनुहुने कार्यक्रम तय भएको छ। उहाँले शिवरात्रिको तयारीबारे अवलोकन तथा निरीक्षण गर्नुहुन्छ। ‘ उनका अनुसार प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ।

 

यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: