आज एकैदिन तीनवटा नेपाली चलचित्रको भिडन्त: अग्रिम बुकिङमा ‘लाज शरणम्’ अगाडि

Share:

काठमाडौँ । शिवरात्रिको बिदाको अवसर पारेर आज तीनवटा नेपाली चलचित्र रिलिज भएका छन्। ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ आजबाट प्रदर्शनमा आएका हुन्।

चलचित्र ‘लाज शरणम्’ लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको चलचित्र हो। यसमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्। चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्

। ‘फेरि रेशम फिलिली’ लाई निरोज महर्जनले निर्देशन गरेका छन्। यसमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन्।

‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। यसमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन्। यी तीन चलचित्रमध्ये ‘लाज शरणम्’ले सबैभन्दा धेरै शो पाएको छ। अग्रिम बुकिङमा पनि अरुभन्दा ‘लाज शरणम्’ अगाडि देखिएको छ। यसले बक्सअफिस कलेक्सन राम्रो गर्ने संकेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: