
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार कोशी प्रदेशमा दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ। राति तीनै क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।
मधेश प्रदेशमा दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।
बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति सबै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।
गण्डकी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति भने सबै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।
कर्णाली प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति तीनै क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।
