आनन्द ज्योति माविको ५२ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका-३१ बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ।

शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न राज्यले विशेष पहल गरिरहेको बताउँदै स्थानिय सरकारको प्रतिनिधिको तर्फबाट आफूले पनि काम गरिरहेको बताए।

उनले शैक्षिक गुणस्तर उकास्न अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने भन्दै विद्यालयप्रति चासो बढाईदिन अभिभावक र सरोकारवाला पक्षलाई आग्रह गरे।

पोखरा-३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई बिश्वास गरेर अभिभावकले पनि आफ्ना बच्चाहरुलाई निजिमा भन्दा सामुदायिक विद्यालयमा पढाउन जोड गर्नुपर्ने बताए।

कमि कमजोरी भए सुधार गर्न सबै लाग्ने हो भने निजीमा भन्दा पनि सामुदायिक विद्यालायमा गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाई थियो।

कमेन्ट गर्नुहोस्
Share: