
पोखरा। पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएपछि होटल व्यवसायमा युवाको आर्कषण बढेको छ। पोखरासँगै जोडिएका अधिकांश ग्रामिण क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवाहरुले होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याएका छन्।
पोखरा- १६ जोगिमणीस्थित माझकुनामा सञ्चालनमा रहेको बोत्तल हाउस नयाँ व्यवस्थापन सहित थप सेवा र सुविधाका साथ सञ्चालनमा आएको हो। पर्यटकीय क्षेत्र महेन्द्र गुफाबाट करिब ३ किलोमिटरको दुरीमा रहेको रिभरसाईड बोत्तल हाउस स्थानीय ईन्जिनियर गोविन्द आचार्य गोपीले नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याउनु भएको हो।
शुक्रबारदेखि सञ्चालनमा आएको सो व्यवसायमा आचार्यको एकल लगानी रहेको छ। खोलाको छेउमा बोतलै बोतलवाट निर्माण गरिएको सो व्यवसाय नयाँ साजसज्जा र व्यवस्थापनमा ल्याउन करिव डेढ करोड खर्च लागेको गोपीले जानकारी दिए।
प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्दै नेपाली अर्गानिक खाना तथा खाजाको स्वाद लिन सकिने सो हाउसमा टिकटकका लागि आर्कषक स्थल, पार्क, स्वीमिङ पुल र बालवालिकाको लागि बाल उद्यान तथा मनोरञ्जनका लागि प्रर्याप्त सामाग्री रहेका छन्।
ढिंकीडाँडा रिर्सोट सञ्चालन गरी अनुभव बटुलिसकेका आचार्यले त्यस क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी व्यवसाय सञ्चालन गरेको स्पष्ट पारे ।
शुभारम्भको अवसरमा शुक्रबार र शनिबार साँझ चर्चित लोक दोहोरी गायक, हाँस्यव्यंग्य कलाकार र लाईभ कन्सर्ट समेत भएको थियो। कार्यक्रममा चर्चित लोक दोहोरी गायक श्याम राना मगर, मञ्जु विक, माया गिरीले लोक दोहोरी प्रस्तुत गरेका थिए।
हाँस्य कलाकार राजेन्द्र नेपालीको प्रस्तुतीमा दर्शक रमाएका थिए भने कृष्ण गुरुङ,अञ्जली विक र विनु कार्कीकोे नृत्यमा दर्शकले साथ दिएका थिए भने निष्र्कष व्याण्डले आफ्नो प्रस्तुतीमा दर्शकलाई झुमाएको थियो। शुभारम्भका अवसरमा २३ फागुनसम्म विशेष छुट सहितका प्याकेज उपलब्ध गराईने बताईएको छ।




