पोखरा- २१ को रास्वपा सभापतिमा पवित्रमणी अधिकारी चयन

913
0
Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा २१ ले प्रथम वडा अधिवेसन गरेको छ। पोखरास्थित फोक्सिङकोटमा शनिबार सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि पवित्रमणी अधिकारीलाई  वडा नं. २१ को सभापतिमा चयन गरेको छ ।

वडा समितिको उपसभापतिमा तारा गौतम पोख्रेल र  सचिवमा दुर्गाप्रसाद अधिकारी चयन भएका छन्। सर्वसम्मत चयन भएको सो समितिको सदस्यहरूमा केशव गिरी, विष्णु बराल, महादेव सुवेदी, लक्ष्मी नेपाली, नवराज केसी र अमिता पाण्डे लामिछाने रहेका छन्। सो भेलाको उद्घाटन गर्दै संघीय सांसद तथा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपासँग आफ्नै विचार, कार्यक्रम र एजेण्डा भएको हुँदा रास्वपाका हर सदस्य व्यवहार र विचारमा अरूभन्दा फरक हुनुपर्ने बताए।

सो अधिवसनमा प्रशिक्षण विभागका केन्द्रीय सदस्य माधवप्रसाद कँडेल, गण्डकी प्रदेश समिति सदस्य अनिषा अधिकारी, निर्वाचन क्षेत्र समिति सदस्य अशोक खड्का, कास्की सचिव दीपेन्द्र पोखरेल ‘बादशाह’, पोखरा महानगर सभापति नारायण आचार्य र स्थानीय नेताहरूले संवोधन गरेका थिए। कार्यक्रमको संचालन कास्कीका सहसचिव टेकराज सापकोटाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: